बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसीविरुद्धको आन्दोलन गर्न छाडे माओवादी कार्यकर्ताले 

एक्सप्रेस पाना
फाल्गुण १५, २०७८ आइतबार
  • 322
    SHARES
  • एमसीसीविरुद्धको आन्दोलन गर्न छाडे माओवादी कार्यकर्ताले 

    फागुन १५ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता तथा कार्यर्कर्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन् । 

    images

    एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् । 

    बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् । एमसीसीमाथि छलफल गर्न आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।  

    images