काठमाडौँ । कोरोनाको तेस्रो लहरबाट बच्नका लागि मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा 'नेपाल मास्क अभियान' सुरु गरिएको हो ।
अभियान अन्तर्गत सामाजिक दुरी कायम गरौँ, कोभिड महामारीबाट आफु बचौँ अरुलाई पनि बचाऔँ, तपाईको मास्क खै, म पनि मास्क लगाउँछु, अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु , भिडभाड भएको स्थानमा नजाऔँ लगायतको प्ले कार्ड सहित जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागितामा जनाचेतनामूलक ¥याली निकालिएको थियो ।
.jpg)

