आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य घट्यो, कति छ आजको कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण १७, २०७८ मंगलबार
  • 244
    SHARES
  • सुनको मूल्य घट्यो, कति छ आजको कारोबार ?

    फागुन १७ काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार  छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

    images

    सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।  

    चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा  निर्धारण भएको छ ।

    images