बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमसीसी प्रस्तावमाथि एमालेको आधिकारिक धारणा : ठगी धन्धाको पर्दाफास

एक्सप्रेस पाना
फाल्गुण १७, २०७८ मंगलबार
  • 322
    SHARES
  • एमसीसी प्रस्तावमाथि एमालेको आधिकारिक धारणा : ठगी धन्धाको पर्दाफास

    फागुन १७ काठमाडौं । नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ । 

    images

    एमालेद्वारा आज अयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै भने, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिनमा हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ । ’

    उनले कुनै पनि देशको सर्तसहितको सहयोग, अनुदान राम्रो नहुने पनि बताए । तर देशको संसदबाटै प्रस्ताव पास भइसकेकोले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानु पर्ने पनि बताए । 

    images

    कार्यक्रममा उपमहासचिव ज्ञवालीले पछिल्लो घटनाक्रमले सभामुखले  उक्त पदको गरिमा अनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको पनि बताए । यसपटक पनि उनले एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको आरोप लगाए । उनले भने, ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा लिइयो । अहिले वास्तविक चेहेरा उदाङ्यो भयो ।’ उनले आफूहरूले एसीसी प्रस्तावमा भएका अस्पष्ट विषय छलफलका संसदमा दर्ता गरेको पनि दावी गरे । 

    ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी प्रस्ताव पास हुनु भनेको साकाहारीले खोलाको माछाको खानु नहुने तर किनेको हुन्छ भनेजस्तो मात्रै भएको पनि बताए । ‘यो संसस्दीय अभ्यासको विद्रुप रुप मात्रै भएको उनको ठहर छ ।न्युज कारखाना