बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आज बस्दै

एक्सप्रेस पाना
फाल्गुण १८, २०७८ बुधबार
  • 216
    SHARES
  • प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौं, १८ फागुन प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    images

    संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    images

    यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।