आइतबार, कार्तिक १६ गते २०८३
images
images

आकासियो सुनको मूल्य, तोलाको कति? 

एक्सप्रेस पाना
फाल्गुण १८, २०७८ बुधबार
  • 275
    SHARES
  • आकासियो सुनको मूल्य, तोलाको कति? 

    फागुन १८ काठमाडौँ । सुनको भाउ बुधबार प्रतितोलामा एक हजार ९०० रुपैयाँको दरले बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।  मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
     
    यसैगरी बुधबार तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ ।  चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँको दरले बढेको छ । मंगलबार एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३७५ रुपैयाँ निर्धारण भएको छ ।

    images