आइतबार, कार्तिक १६ गते २०८३
images
images

निषेधाज्ञाको अवधि थप : के खुल्छ, के खुल्दैन ? यस्ता छन् मापदण्ड  

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 341
    SHARES
  • निषेधाज्ञाको अवधि थप : के खुल्छ, के खुल्दैन ? यस्ता छन् मापदण्ड  

    काठमाडौँ ।  कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भदौ ८ गतेसम्म थप भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्दै केही प्राबधानहरुमा कडाइ गर्ने निर्णय गरेको छ।

    images

    यी हुन् निषेधाज्ञा गरिएका क्षेत्र

    सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने।

    images

    खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न, जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने।

    पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्य धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने।

    शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने।

    स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने।

    अत्यावश्यक बाहेकका अन्य नीजि एवं सार्वजनिक सवारीसाधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ।

    सञ्चालन गर्न पाउने गतिविधिहरु

    व्यवसायको हकमा

    औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने।

    औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७:०० बजेसम्म सञ्चालन गर्न पाइने।

    अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने।

    सवारी साधन सञ्चालनको हकमा

    कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने।

    यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने।

    चालक र सहचालकले अनिवार्य माक्स, भाइजर र पन्जा लगाउने।सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने।अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने रहेका छन् । 

    सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ क लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने। पछाडी तेस्रो सिटमा ४, ४ जनाका दरले ८ जना र चालक छेउमा १ जनागरी कुल ९ जना यात्रुभन्दा बढी राख्न नपाइने। उपत्यकाभित्र सञ्चालन हुने नीजि सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने।

    अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने।
    सार्वजनिक तथा नीजि निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने।

    परीक्षाको तथा अन्य विषयको हकमा

    विभिन्न निकायबाट पूर्व निर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ। परीक्षा सञ्चालन हुने कुनै एक स्थानमा वा कक्षा कोठाको आकार अनुसार २५ जना भन्दा बढी परीक्षार्थीहरु राख्न नपाइने। परीक्षा हलमा प्रवेश गर्नु पूर्व परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बिमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने। एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षा स्थलबाट पूर्ण रुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थी र सम्बन्धित व्यक्तिहरुलाई प्रवेश गर्न दिने।

    परीक्षा स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने। गोष्ठी, तालिम, सेमिनार, बैठक समीक्षा, प्रशिक्षण जस्ता क्रियाकिलापहरु संञ्चालन गर्दा भर्चूअल माध्यमबाट गर्ने। यी आदेशको पालना नगर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने जनाइएको छ।