आइतबार, कार्तिक १६ गते २०८३
images
images

धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण

एक्सप्रेस पाना
फाल्गुण १८, २०७८ बुधबार
  • 294
    SHARES
  • धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण

    फागुन १८ बाग्लुङ। बाग्लुङ नगरपालिकाले धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण गरेको छ । 

    images

    नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी कुल १४ लाख २० हजार रुपैयाँ कर छुटसहित शवबहान खरिद गरी हस्तान्तरण गरेको हो । अस्पतालमा यसअघि शवबहान नहुँदा एम्बुलेन्सले शव बोक्दै आएको थियो । 

    कोरोनाको संकटकालिन अवस्थामा बाग्लुङ नगरपालिकाले निजी सवारीसधान भाडामा लिएर अस्थायी शवबहानको रुपमा प्रयोग गर्न अस्पताललाई उपलब्ध गराएको थियो । जिल्लाका कुनै पनि स्थानीय तह र सरकारी अस्पतालमा शवबहान नभएपछि नगरपालिकाले खरिद गरेको बाग्लुङ नगरपालिकका प्रमुख जनकराज पौडेलले बताए ।

    images

    निजी सवारीसाधानले शव बोक्न नमान्ने र बाध्य भएर बोक्नु पर्ने भए बढी शुल्न लिने गरेको गुनासो बढेपछि नगरपालिकाले स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर शवबहान खरिद गरेको मेयर पौडेलको भनाइ छ । शवबहान सञ्चालन र व्यवस्थापनका लागि अस्पताललाई हस्तान्तरण गरेको हो । 

    ‘अब एम्बुलेन्सले शव बोक्नु पर्ने बाध्यता हटेको छ,’ अस्पतालका प्रमुख डा। सैलेन्द्र विक पोखरेलले भने, ‘सेवाग्राहीले महंगो भाडा तिरेर निजी सवारीको प्रयोग पनि गर्नुपर्ने छैन ।’  नगरपालिका र अस्पतालले संयुक्त कार्यविधि बनाएर शवबहान सञ्चालन हुनेछ ।