आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 235
    SHARES
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ८३ पैसा र बिक्री दर १२१ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

    images

    युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९२ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८४ पैसा र बिक्री दर १६१ रुपैयाँ ६४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८७  रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ  १३ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ दुई पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ ।

    images

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्री दर १० रुपैयाँ ५४ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ एक पैसा र बिक्री दर १० रुपैयाँ ६ पैसा कायम भएको छ ।