आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निशूल्क 

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 249
    SHARES
  • आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निशूल्क 

    फागुन १९ काठमाडौं ।  आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निशूल्क उडान टिकट पाउनु हुनेछ ।

    images

    हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सब्ख्या बढिरहेको देखिन्छ । यात्रुहरूलाई सुलभ एवम्सहज हवाई यात्राका लागि प्रोत्साहन मिलोस्भन्ने उद्देश्यका साथ आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको हो । निशूल्क टिकट पाउने गन्तव्यमा रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरू रहेका छन् ।

    यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास लिइएको छ । आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउनु हुनेछ । सो अफर सिमित अवधिको लागि मात्र चल्ने छ ।

    images

    अफर अवधि भरी ४ जना भाग्यशाली बिजेताहरु छानिनेछन्, जस मध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन् । भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउनु हुनेछ ।