आइतबार, कार्तिक १६ गते २०८३
images
images

अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

एक्सप्रेस पाना
श्रावण २६, २०७८ मंगलबार
  • 335
    SHARES
  • अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

    केही दिनदेखि अवरुद्ध  हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ । 

    images

    मेलम्ची जिरोकिलो सडक खण्डको सिपाघाट नजिकैको रातो पहिरामा बाटो मर्मत गरेपछि सो राजमार्ग सञ्चालनमा आएको हो ।

    इन्द्रावती खोलाले बाटो कटान गरी सो सडक केही दिनदेखि अवरुद्ध भएको थियो । पहिराको कारणले सडकमाथिको बस्ती नै जोखिम भएको भन्दै स्थानीयवासीले पहिरा सफा गर्न रोकेका थिए । आज बिहान स्थानीयवासी र नगरपालिकाबीच छलफल गरी सडक खुलाउने सहमति भएको र बेलुकीबाट सडक सञ्चालनमा आएको  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । यो सडक बन्द हुँदा साँखु हुँदै यात्रा गर्न स्थानीयवासी बाध्य थिए । रासस

    images