आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 406
    SHARES
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

    फागुन १९ काठमाडौं । पेट्रोलिलयम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बिहीबार राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ । 

    images

    निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ ।

    निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ । यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ। 

    images