बिहीबार , कार्तिक २० गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रपा नेपालका विद्यार्थीहरुले निकाले राँके जुलुस

एक्सप्रेस पाना
फाल्गुण २१, २०७८ शनिबार
  • 449
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राप्रपा नेपालका विद्यार्थीहरुले निकाले राँके जुलुस

    फागुन २१ काठमाडौं । राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राँके जुलुस प्रदर्शन गरेको छ ।

    images

    उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो । 

    बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने , भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै जुलुस प्रदर्सन भएको हो। कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।न्युज कारखाना

    images