आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य ताेलामा एक लाख रुपैयाँ नाघ्याे

एक्सप्रेस पाना
फाल्गुण २२, २०७८ आइतबार
  • 244
    SHARES
  • सुनको मूल्य ताेलामा एक लाख रुपैयाँ नाघ्याे

    फागुन २२ काठमाडौं । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ प्रतितोलामा दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

    images

    यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ । 

    चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

    images