आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुस् आजको बजार भाउ

एक्सप्रेस पाना
फाल्गुण २३, २०७८ सोमबार
  • 206
    SHARES
  • सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुस् आजको बजार भाउ

    फागुन २३ काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) सुन प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । 

    images

    यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा  कारोबार भएको थियो ।

    यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ ताेकिएकाे छ । चाँदीको मूल्य पनि प्रतिताेलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

    images

    यसैबीच, सरकारले सुन आयातमा कटाैती गरेकाे छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरुले यसअघि  दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।