आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य : ताेलाकाे एक लाख तीन हजार रुपैयाँ

एक्सप्रेस पाना
फाल्गुण २४, २०७८ मंगलबार
  • 234
    SHARES
  • सुनको मूल्य : ताेलाकाे एक लाख तीन हजार रुपैयाँ

    फागुन २४ काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

    images

    यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ । चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ  । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ ।