फागुन २४, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँट भएको छ ।
मंगलवार भएको बाँडफाँट कार्यक्रममा बढी पाउने आवेदकले ११ कित्तासम्म शेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
यसरी बाँडफाँट गरी बाँकी रहेको तीन कित्ता शेयर दोस्रो चरणमा थप तीन जनालाई एक र एक कित्ताका दरले बाँडफाँट गरिएको छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म पाएका छन् ।
कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएकामध्य २४ लाख ४९ हजार ६४५ जना आवेदकको भने हात खाली भएको छ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल २५ लाख २७ हजार १०१ जना आवेदकहरुबाट २ करोड ८७ लाख ८१ हजार ५२० कित्ताको माग भएको थियो । कुल आवेदकहरुमध्ये रितपूर्वक नभएका ४ हजार ११६ जनाको आवेदन रद्द भएको छ । बाँकी २५ लाख २२ हजार ९५५ जना योग्य आवेदकहरुलाई मात्र बाँडफाँटमा सहभागी गराइएको विक्री प्रबन्धकको भनाइ छ । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको सहित सर्वसाधारणमा कुल रू। ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो ।
सर्वसाधारणमा वितरण हुने कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत दरको १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू १७ करोडलाख २१ २५ हजार रहेको छ । आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू २५ करोड ५० लाख पुगेको छ । हाल संस्थापकतर्फ ६७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर बाँडफाँट गरेको हो ।
आइपिओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक आइएमई ग्लोबल क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिनेछ।
.jpg)


