बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज १७ राजनीतिक दलसँग निर्वाचन आयाेगकाे छलफल

एक्सप्रेस पाना
फाल्गुण २७, २०७८ शुक्रबार
  • 259
    SHARES
  • आज १७ राजनीतिक दलसँग निर्वाचन आयाेगकाे छलफल

    फागुन २७ काठमाडौं । स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयाेगले राजनीतिक दलहरुसँग छलफल थालेकाे छ ।३० वैशाखमा तय भएकाे निर्वाचनका सन्दर्भमा आयाेगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बाेलाएकाे हाे ।

    images

    आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयाेगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ ।

    आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

    images