आइतबार, कार्तिक १६ गते २०८३
images
images

घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उमेशप्रसाद सिंह

एक्सप्रेस पाना
फाल्गुण २८, २०७८ शनिबार
  • 239
    SHARES
  • घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उमेशप्रसाद सिंह

    काठमाडौं, २८ फागुन  नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उमेश प्रसाद सिंह निर्वाचित भएका छन् । वीरगञ्जमा सम्पन्न २५ औं राष्ट्रिय महाधिवेशनबाट सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । 

    images

    यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिंहले महासंघमा संस्थापक सदस्यहुँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । 

    महासंघको महासचिवमा डम्बर प्रसाद रेग्मी, कोषाध्यक्षमा अच्यूत पाण्डे, सचिवहरूमा दिपक बहादुर बुढा, सहकारीतर्फ भेषराज पाण्डे, वस्तुगततर्फ महेन्द्र बहादुर चित्रकार, एसोसिएटतर्फ रुद्र प्रसाद न्यौपाने, सह–कोषाध्यक्षमा ज्ञान बहादुर खडका तथा ८० जना सदस्यहरू निर्वाचित भएका हुन् । 

    images

    त्यस्तै २५ औं राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट श्यामप्रसाद गिरीको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । 

    जसको वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर कँडेल तथा उपाध्यक्षहरूमा लघु उद्यमतर्फ पूर्ण बहादुर भण्डारी, घरेलु उद्योगतर्फ प्रकाश रावल, साना उद्योगतर्फ चन्दन कृष्ण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध मुकेश उपाध्याय, महिलातर्फ शोभा गुरुङ, वस्तुगततर्फ मोहन कटुवाल, एसोसिएटतर्फ शान्ता बाँस्कोटा कोइराला, सहकारीतर्फ सत्य नारायण प्रजापति, कृषितर्फ हरिहर थापा, पर्यटनतर्फ राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । 

    यसैगरी महासंघकै केन्द्रिय महिला उद्यमी समितिमा रोशनी उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा रिता अवाल, उपाध्यक्ष उद्यम व्यवसायतर्फ कृष्णा कुमारी पाठक, उपाध्यक्ष संगठनतर्फ तारा आचार्य, महासचिवमा डा। सोनी महतो, कोषाध्यक्षमा मीना तामाङ्ग, सचिवमा दीपा शाक्य तथा १४ जना सदस्य रहेका छन् । 

    नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको गरिमालाई उच्च बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरूको हक हितमा काम गर्ने बताए । महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्नेमा उनले जोड दिए ।