बिहीबार , कार्तिक २० गते २०८३
images
images

बहुमत नपुगेपछि सिन्धुपाल्चोक कांग्रेसमा दाेस्राे चरणकाे मतदान हुने

एक्सप्रेस पाना
फाल्गुण २९, २०७८ आइतबार
  • 353
    SHARES
  • बहुमत नपुगेपछि सिन्धुपाल्चोक कांग्रेसमा दाेस्राे चरणकाे मतदान हुने

    फागुन २९ चौतारा । नेपाली कांगेस सिन्धुपाल्चोकमा दाेस्राे चरणकाे मतदान हुने भएकाे छ । शनिबार राति भएकाे मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेकाे हाे ।

    images

    पहिलो चरणको मतदानमा जंगबहादुर तामाङले ७ सय ५ (३८.५८प्रतिशत), वंशलाल तामाङले ६ सय २९ (३४.९७ प्रतिशत) र प्रेमध्वज लामाले ४ सय ९३  (२६.९८ प्रतिशत) मत मात्र प्राप्त गरे । राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।

    अब जंगबहादुर र वंशलालबीच दाेस्राे चरणमा प्रतिस्पर्धा हुने भएकाे छ । प्रेमध्वज बाहिरिएका छन् । कांग्रेस जिल्ला निर्वाचन अधिकृत वेदबहादुर महतका अनुसार आज पुनः मतदानका लागि तयारी भइरहेकाे छ ।

    images