आइतबार, कार्तिक १६ गते २०८३
images
images

उदयपुर सिमेन्ट उद्योगमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्स काउन्टर स्पापना

एक्सप्रेस पाना
फाल्गुण २९, २०७८ आइतबार
  • 370
    SHARES
  • उदयपुर सिमेन्ट उद्योगमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्स काउन्टर स्पापना

    उदयपुर, २९ फागुन राष्ट्रिय बाणिज्य बैँक गाईघाट शाखाले उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ ।

    images

    उद्योग तथा कर्मचारी सहित त्यस आसपासका स्थानीयहरुलाई लक्षित गरी काउन्टर स्थापना गरेको हो ।

    काउन्टर स्थापनाले बाणिज्य बैँकसँग सम्बन्धित रहेर कारोबार गर्ने सम्बन्धित उद्योगका कर्मचारी र त्यस क्षेत्रको स्थानीयहरुलाई सुबिधा थपिएको जनाएको छ ।

    images

    आफ्नै स्थान बाट सहज आर्थिक कारोबार हुने भएपछि थप सजिलो भएको उद्योगले जनाएको छ । राष्ट्रिय बाणिज्य बैँकका गाईघाट शाखा प्रमुख बिष्णु भट्टराईले उद्योगमा काउन्टर मात्र नभई सोहि आसपास तत्काल शाखा नै विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

    बैँकले देउरी वा जलजले कुनै एक स्थानमा स्थानीय तथा उद्योगलाई समेट्ने गरि शाखा विस्तार गर्ने योजना रहेको बताए । बाणिज्य बैँकको काउन्टर उद्योगकै भवनमा स्थापना गरिएको छ । काउन्टरको समेत त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले उदघाटन गरेको छ ।
     

    उदयपुर सिमेन्ट उद्योग लिमिटेडको बिशेष पहलमा राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाले एक्सटेन्सन काउन्टर स्थापना गरेको हो । उद्योगले एक बिज्ञप्ती जारी गर्दै उदयपुर सिमेन्ट उद्योगले गोपीकृष्ण न्यौपाने महाप्रवन्धक भएर आए गरेपछि उद्योग सुचारु रुपमा संचालन गर्न मुलतः सुशासन, उद्योगको मर्मत संभार, पारदर्शिता तथा ब्यवस्थापन सुधारका क्षेत्रलाई प्राथमिकता दिई कार्य सम्पादन गरेको कारणबाट यस आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्त सम्ममा उद्योगले लक्ष्य भन्दा बढी प्रगति हासिल गरेको उद्योगका प्रबक्ता लक्ष्मण पोखरेलले जानकारी दिए ।

    उदयपुर सिमेन्ट उद्योग लिमिटेड रहेको क्षेत्र त्रियुगा नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८, १० र १६ समेतका बासिन्दालाई उद्योगबाट निस्कने धुलो धुवाँबाट बचाउन ईपी सिस्टम जडान गरेर सुरक्षित गर्ने कोशीस गरि रहेको भन्दै पुरानो फ्याक्ट्री भएकोले बेलाबेलामा बिभिन्न ठाँउबाट लिकेज भएकोको कारण प्रदुषण कम गर्न जोड दिई रहेको तर पूर्णत रोक्न नसकिएको बताइएको छ ।
    उद्योगमा रहेका कर्मचारीहरु दिन प्रतिदिन सेवानिबृत हुदै गएकाले युवा जनशक्ति उद्योगमा भित्रयाउने काम भई रहेको जनाएका छन । कर्मचारीको उपचारमा उद्योगमा रहेको क्लिनिकले आकस्मिक सेवा बाहेक त्यति धेरै प्रभावकारी काम गर्न सकेको छैन । यस्तो परिस्थितिमा उद्योगका कर्मचारी तथा स्थानीय बासिन्दाहरुलाई सहज हुने गरी कम्तिमा लिपिड प्रोफाइल सम्मको प्रयोगशाला स्थापना गर्न जरुरी देखि उद्योग परिसरको सबै भन्दा नजिक रहेको र सबै वडाहरुलाई समेत पायक पर्ने केन्द्रमा रहेको देउरी स्वास्थ्य चौकीको प्रयोगशाला स्तरोन्नति गर्नको लागि मेसिनहरु जडान गरि सञ्चालनमा उद्योगले सहयोग गरेको जारी बिज्ञप्तीमा भनिएको छ ।
    उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको बिशेष पहलमा देउरी स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा र ल्याव सेवा सुरु भएसंगै स्थानीयहरुमा खुशी छाएको छ भने महाप्रबन्धक न्यौपानेले समाज सेवा प्रती देखीको उदारताको नगर प्रमुख, वडा अध्यक्ष बैक र बिमाका प्रमुखले खुलेर प्रशंसा गरेका थिए ।