बिहीबार , कार्तिक २० गते २०८३
images
images

साउदीका विदेशमन्त्री आज नेपाल आउँदै

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७८ सोमबार
  • 272
    SHARES
  • साउदीका विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं, ३० फागुन साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउदैछन् । नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा काठमाडौं आउन लागेका हुन् । 

    images

    भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग १ चैतमा बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

    images