बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिन्धु कांग्रेस सभापतिमा तामाङ विजयी

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७८ सोमबार
  • 395
    SHARES
  • सिन्धु कांग्रेस सभापतिमा तामाङ विजयी

    फागुन ३० सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन् ।

    images

    कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त पाएको निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिए ।

    यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो । प्रेमध्वज लामा पहिलो चरणबाट बाहिरिएका थिए ।

    images

    पहिलो चरमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गरेका थिए । तर पनि उनले जित हात पार्न भने सकेनन् ।