बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री देउवा नुवाकोटमा

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७८ सोमबार
  • 461
    SHARES
  • प्रधानमन्त्री देउवा नुवाकोटमा

    फागुन ३० नुवाकोट । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्याक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

    images

    बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 

    देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले बताए । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

    images

    देउवाको साथमा कांग्रेस नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो  ३ बजेपछि काठमाडौं फर्कने नेता केसीले जानकारी दिए ।