आइतबार, कार्तिक १६ गते २०८३
images
images

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको विनिमय दर

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 430
    SHARES
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको विनिमय दर

    चैत १ काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २ पैसा र बिक्री दर १२२ रुपैयाँ ८ पैसा कायम गरेको छ । 

    images

    युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ १ पैसा र बिक्री दर १३४ रुपैयाँ ७६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४१ पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८९ रुपैयाँ ४ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २५ पैसा छ । 

    images

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २१ पैसा र बिक्री दर १९ रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा  छ भने कतारी रियाल  एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

    मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ६ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ