बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपाल र साउदी अरवबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 205
    SHARES
  • नेपाल र साउदी अरवबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’मा हस्ताक्षर

    चैत १ काठमाडौं । नेपाल र साउदी अरवबीच जनरल कोअप्रेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । 

    images

    मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरव परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

    सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशीमन्त्री फैसल विन फरहान अल साउदले हस्ताक्षर गरेका छन् । 

    images

    दुई दिने नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।