आइतबार, कार्तिक १६ गते २०८३
images
images

कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९३२

एक्सप्रेस पाना
श्रावण २७, २०७८ बुधबार
  • 378
    SHARES
  • कर्णालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९३२

    कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सक्रिय सङ्ख्या ह्वात्तै बढेर आज ९३२ पुगेको छ । साउन दोस्रो साता यतादेखि प्रदेशमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो । 

    images

    प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपश्चात् बढेको मानव आवतजावतले सङ्क्रमण दर माथि उक्लेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । निर्देशनालयका निर्देशक डा रविन खड्का अनुसार कर्णालीमा आजमात्र ६५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छैसटी जनामा गरिएको आरटी पिसिआर परीक्षणका क्रममा २७ र १९७ मा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३८ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    “आज ६५ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरस सङ्क्रमणबाट ३१ हजार १६५ सङ्क्रमित भएका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो तथ्याङ्क नियाल्दा कर्णालीको सुर्खेतमा कोरोना सङ्क्रमण दर बढेको देखिन्छ ।” त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ ले कोरोना जितेर घर फर्केका छन् । कोरोना सङ्क्रमणबाट कर्णालीमा हालसम्म ३५६ ले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ ।रासस 

    images