आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा भारि गिरावट

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 413
    SHARES
  • सुनको मूल्यमा भारि गिरावट

    चैत १ काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएको थियो ।

    images

    मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ ।