चैत १ जनकपुरधाम । मधेस प्रदेशमा विपद् व्यवस्थापन गर्न प्रदेश स्तरीय सञ्जाल बनाइने भएकाे छ । पछिल्लाे समय बढ्दाे विपद्काे घटनालाई मध्यनजर गर्दै त्यस्ताे तयारी शुरू भएकाे हाे । साेमबार जनकपुरधाममा प्रदेशका सराेकारवालाहरूबिच सञ्जाल गठनका विषयमा वृहत रूपमा छलफल भएकाे हाे ।
कार्यक्रममा गृह मन्त्रालयअन्तर्गतकाे राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विपद्सँग जुध्न सरकारले सबै सँग सहकार्य गर्न चाहिरहेकाे र नीजी क्षेत्रकाे भूमिका महत्वपुर्ण हुने बताए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले हरेक स्थानीय तह र प्रदेशमा विपद् व्यवस्थापन सञ्जाल बनेपछि तिन तहका सरकारबिच अन्तरसम्बन्ध बढ्ने र तत्काल प्रतिकार्यमा सहज हुने विश्वास व्यक्त गरे ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलले काेभिडकाे अनुभवका आधारमा प्रतिकार्य गर्न जिल्ला तहमा नीजि क्षेत्रकाे भूमिका महत्त्वपूर्ण हुने बताए । प्रदेश तहमा विपद् व्यवस्थापन सञ्जाल गठनपछि आपतकालिन अवस्थामा सामग्रिहरू भण्डारण तथा तत्काल प्रतिकार्यका लागि सहज हुने बताए ।
राष्ट्रिय विपद् व्यवस्थापन तथा जाेखिम न्यूनिकरण विषयक अन्तरक्रिया युराेपेली कमिसनकाे आर्थिक सहयाेगमा प्रयास परियाेजना र एफएससीएनले आयाेजना गरेकाे हाे । उद्याेग वाणिज्य महासंघका मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदिप दत्ताले विपद् व्यवस्थापनमा सक्रिय रहन तयार भएपनि समन्वयकाे अभाव खड्किएकाे र प्रदेशस्तरीय सञ्जाल बनेमा समन्वय सहज हुने बताए । एफएससीएनका कार्यक्रम संयाेजक अभिषेक ओझाले कार्यक्रम सहजिकरण गरेका थिए ।
.jpg)


