आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेयर बजार १७ अंकले ओरालो

एक्सप्रेस पाना
चैत्र १, २०७८ मंगलबार
  • 459
    SHARES
  • सेयर बजार १७ अंकले ओरालो

    चैत १ काठमाडौं । सेयर बजार मंगलबार १७ अंकले ओरालो लागेको छ ।  सोमबार नेप्सेको सफ्टवेयरमा समस्या आएको भन्दै बन्द भएको बजार मंगलबार १७.१५ अंकले घटेर २६५० अंकमा बन्द भएको  हो । नेप्सेमा मंगलबार तीन अर्ब ३६ करोड ४२ लाख कारोबार भएको छ ।

    images

    सोमबार बजार सफ्टवेयर मा समस्या देखिँदा शून्य दशमलव १५ अंकले घटेको थियो । आइतबार १०१ अंकले बढेर हरियाली छाएको बजारमा सोमबारको बजारमा केही करेकसन् देखिएको हो । 

    मंगलबारको बजारमा लाईफ इन्स्योरेन्स, नन् लाईफ इन्स्योरेन्स , होटल सेक्टरमा का सेयरधनीले नाफा कमाउदै म्यानुफक्चर र माइक्रो फाइनान्सका सेयरधनीले गुमाएका छन् ।  

    images

    मंगलबार इमर्जिङ नेपाल कम्पनीको सेयर सर्किट मूल्यमा बढेको थियो भने नेपाल टेलिकमका सेयरधनीले ५.१३ प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकम अपि पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कारोबार भएको छ ।