बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले संसदीय दलको बैठक जारी 

एक्सप्रेस पाना
चैत्र २, २०७८ बुधबार
  • 184
    SHARES
  • एमाले संसदीय दलको बैठक जारी 

    काठमाडौं, २ चैत  एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । 

    images

    सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । 

    नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ ।

    images

    बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि सहभागी छन् ।