आइतबार, कार्तिक १६ गते २०८३
images
images

पुर्वप्रधानमन्त्री भट्टराईको निर्देशनमा पालुङ्टार नगरपालिकाको लागि ५० करोडका योजनाहरु स्वीकृत

एक्सप्रेस पाना
चैत्र ५, २०७८ शनिबार
  • 3.3K
    SHARES
  • पुर्वप्रधानमन्त्री भट्टराईको निर्देशनमा पालुङ्टार नगरपालिकाको लागि ५० करोडका योजनाहरु स्वीकृत

    चैत ५ काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाको सहरी मन्त्रालय अन्तर्गत भौतिक बिकासको लागि उपलब्ध गराइएको पचास करोड रुपैयाको माग गरिएका बिकास योजनाहरु सहरी बिकास तथा भवन निर्माण विभागबाट स्वीकृत भएका छन् । बिभाग बाट विभिन्न शिर्षकका पचास करोड बराबरका योजना स्वीकृत भएका हुन् ।

    images

    पुर्वप्रधानमन्त्री एबम् जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईको निर्देशन र पहलमा नगरपालिकालाइ प्राप्त उक्त बजेटबाट नगरपालिकाको भौतिक पुर्बाधार अन्तर्गत सडक निर्माण , मन्दिर ,पार्क ,सार्बजनिक शौचालय ,बसपार्क ,भवन, स्थानीय हाटबजार लगायत निर्माणका योजनाहरु कार्यपालिकाबाट निर्णय गरि माग सिफारिस गरिएकोमा सो स्वीकृत भएको हो ।

    देशभरीमा जम्मा ४४ वटा पालिकालाइ प्राप्त यस्तो बजेट पालुङ्टारलाइ नै पार्नमा महत्वोपुर्ण भुमिका खेलेका जसपाका युवानेता एबम् संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रीका स्वकीय सचिवालय सदस्य पिटर कुमार श्रेष्ठ (जो नगरबासी समेत हुन्) का अनुसार पचास करोड रुपैयाँ पालुङ्टारमा पारिएको र सो को लागि नगरकार्यपालिकाले योजना सिफारिस गरि पठाएपछी बिभागबाट स्वीकृत गराइएको हो । आफुहरुले समग्र नगरको हितलाइ ध्यानमा राख्दै योजनाहरु छनौट गरेको पालुङ्टार नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दिपक पाण्डेले बताए ।

    images

    पालुङ्टारलाइ समृद्ध बनाउन आ-आफ्नो ठाउँबाट निरन्तर लागिरहने बताउँछन् जसपाका प्रभावशाली यी युवाहरु । बिकासको उच्च संभावना बोकेको पालुङ्टारमा हुनुपर्ने जति बिकास र परिबर्तन नभएतापनी आगामी दिनमा यस्तो अवस्था परिबर्तन गरिने र नगरलाइ समृद्ध बनाउन आफुहरु प्रतिबद्ध भएको बताउदै सचिवालय सदस्य श्रेष्ठले आगामी आर्थिक बर्षमा पालिकाको साथसाथै समग्र जिल्लाको लागि नै उचित बजेट ब्यबस्था गर्दै अधिकतम योजनाहरु पार्न आफुले सक्दो कोसिस गर्ने बताएका छन् । यस्तै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक बोर्डबाट स्थानीय सडक मर्मत शिर्षकमा पालुङ्टार नगरपालिकालाई १ करोड १५ लाख रुपैयाँ रकम बिनियोजन समेत गरिएको र सो रकमले नगरक्षेत्र भित्रका सडकहरु मर्मत सम्भार गर्न सकिने कुरा श्रेष्ठले बताउनुभएको छ ।


    प्रस्तुत योजनाहरु टेबलमा हेर्न सकिनेछ:

    275861019_969292344021644_5373637840026324533_n.jpg

    275789184_328904565941403_7784337359938639255_n.jpg