बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पाेखरा प्रस्थान

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 316
    SHARES
  • प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पाेखरा प्रस्थान

    चैत ६ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गण्डकी प्रदेशको राजधानी पोखरा गएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पोखरा गएका हुन् । 

    images

    प्रमुख स्वकीय सचिव रमेश मल्लले अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीबारे निर्देशन दिने बताए । प्रचण्डसँगै शिक्षामन्त्री देबेन्द्र पौडेल पनि पोखरा गएका छन् । 

    प्रचण्ड हिजो सिन्धुलीमाढी गएका थिए । फागुनको तेस्रो साता केन्द्रीय कमिटी बैठक बसेपछि अध्यक्ष प्रचण्ड देशव्यापी प्रदेशस्तरीय प्रशिक्षणमा व्यस्त छन् ।

    images