बिहीबार , कार्तिक २० गते २०८३
images
images

संगठन उमेरले हाेइन विचारले चल्छ भन्दै उमेरहदकाे विराेधमा सानेपामा विराेध प्रदर्शन

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 338
    SHARES
  • संगठन उमेरले हाेइन विचारले चल्छ भन्दै उमेरहदकाे विराेधमा सानेपामा विराेध प्रदर्शन

    चैत ६ काठमाडौं । नेपाल विद्यार्थी संघमा उमेर हदबन्दी हटाउन माग गर्दै नेविसंघका नेताहरूले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विराेध प्रदर्शन गरेका छन् । नेविसंघमा लामाे समय देखिफकाम गरिरहेका विद्यार्थी नेताहरूले उमेर हदबन्दी हटाउन माग गर्दै कांग्रेस मुख्यसचिव कृष्ण पाैडेललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

    images

    संगठनका लामाे समय काम गरिरहेकाहरूकाे राजनीति समाप्त गर्ने गरि उमेर हदबन्दी लगाईनु गलत भएकाले साे निर्णय सच्याउनुपर्ने नेविसंघका नेता लिला बल्लभ दाहालले बताए ।

    ''संगठन उमेरले हाेइन बिचारले चल्नुपर्छ । दशकाैं संघसंगठनका लागि रगत पसिना बगाएका साथीहरुलाई खाली हात पठाउन पाइन्न ?संघसंगठनमा बगाएको रगत पसिनाको मुल्यांकन पार्टीले गर्नुपर्छ,'' दाहालले भने ।

    images