आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य फेरि उकालो लाग्यो

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 523
    SHARES
  • सुनको मूल्य फेरि उकालो लाग्यो

    चैत्र ७ काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यसअघि,आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    सोमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा निर्धारण भएको छ ।

    images