आइतबार, कार्तिक १६ गते २०८३
images
images

देशैभर सुरु भयो अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प २०२२, पाउनुहोस् यति धेरै छुट

एक्सप्रेस पाना
चैत्र ७, २०७८ सोमबार
  • 423
    SHARES
  • देशैभर सुरु भयो अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प २०२२, पाउनुहोस् यति धेरै छुट

    चैत ७ काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्धारा प्रवद्र्घित अशोक लेलैण्डले 'मेघा सर्भिस क्याम्प २०२२' देशैभरी आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी सुरु गरेको छ ।

    images

    आइएमई मोटर्सका निर्देशक श्री निशान ढकाल, साझा यातायातका इन्जिनियर श्री दिनेश श्रेष्ठ, गोल्डेन गूगल यातायातका सन्चालक श्री रजन रोक्का, प्राईम यातायातका श्री श्रेष्ठ, साथै अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथीमा काठमाडौंमा संयुक्त रुपमा रिबन काटी समुद्घाटन गरिएको हो ।

    यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई केन्द्रित गर्दै पार्ट्समा ५०% सम्म छुट, लुब्रिकेन्टमा १२% सम्म छुट र लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुनेछ । यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहारका साथसाथै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, १ लिटर सम्मको फ्रि इन्जिन आयल र कुलेन्ट टप-अप पनि लिन सक्नेछन् ।

    images

    Service Camp Picture.jpeg

    यस सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ । ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन्भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

    सुरक्षित गाडीका लागि जेन्युअन पार्टस्प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यस योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । देशभर विभिन्न पार्टस तथा सर्भिस सेन्टरहरु बाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस्सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ ।