चैत ८ काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ ।
.jpg)


