शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

बेसीशहर नगरपालिकाकाे मनास्लु सडक कालोपत्रे

एक्सप्रेस पाना
चैत्र ९, २०७८ बुधबार
  • 281
    SHARES
  • बेसीशहर नगरपालिकाकाे मनास्लु सडक कालोपत्रे

    चैत ९ लमजुङ । बेसीशहर नगरपालिका-७ स्थित मनास्लु मार्ग कालोपत्रे गरिएको छ । बेसीशहर नगरपालिकाको ६० प्रतिशत लगानी र स्थानीयकाे ४० प्रतिशत लगानीमा २ सय २ मिटर सडक कालोपत्रे भएको हो । 

    images

    मनास्लु मार्ग निर्माण उपभोक्ता उपभोक्ता समितिका अध्यक्ष गौबहादुर गुरुङका अनुसार बेसीशहर नगरपालिकाको ६ लाख रुपैयाँ र स्थानीयको ४ लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा सडक कालोपत्रे गरिएको हो । 

    सडक बर्खामा हिलो र हिउँदमा धुलो हुँदा स्थानीयलाई आवातजावत गर्न समस्या थियो । धुलो हुँदा मुख छोपेर हिँड्नुपर्ने र हिलो हुँदा खाली खुट्टा नै हिँड्नुपर्ने बाध्यता थियो । अहिले सडक कालोपत्रे भएपछि सहज भएको उपभोक्ता समितिका कोषाध्यक्ष रत्नकुमारी गुरुङले बताइन् । 

    images

    सडककाे उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले स्थानीय सरकार आएपछि नागरिकको जीवन परिवर्तन भएको बताए । उपमेयर लक्ष्मीदेवी अधिकारीले नागरिकले थालेको काममा नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताइन् ।