आइतबार, कार्तिक १६ गते २०८३
images
images

बुधबार ह्वातै घट्यो सुनको मूल्य, बजारमा सुन किन्नेको घुइँचो

एक्सप्रेस पाना
चैत्र ९, २०७८ बुधबार
  • 478
    SHARES
  • बुधबार ह्वातै घट्यो सुनको मूल्य, बजारमा सुन किन्नेको घुइँचो

    चैत ९ काठमाडौं । नेपाली बजारमा सुनको भाउ बुधबार एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

    images

    यसअघि, मंगलबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

    बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ तोकिएको छ ।

    images

    चाँदीको भाउ पनि प्रतितोलमा २५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।