आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइएमई र मिदासबीच सहकार्य

एक्सप्रेस पाना
चैत्र ९, २०७८ बुधबार
  • 355
    SHARES
  • आइएमई र मिदासबीच सहकार्य

    चैत ९ काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएकोआइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई ई‐लर्निब मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा.लिसँगको सहकार्यमा ई‐लर्निब प्रवद्र्धन अभियान सुरु गरेको छ ।

    images

    सोही अभियान २२ मार्च २०२२ देखि १४ मे२०२२ (८ चैत्र २०७८ देखि ३१ बैशाख २०७९) सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको छ । यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ ।

    यस्तै आफ्नो मोबाइलमा प्राप्त Link मा Click गरेर MiDas eCLASS सरलीकरण शिक्षा एप क्ष्लकतबिि गर्न सक्नुहुनेछ । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई-लर्निब प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।

    images

    सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक,शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन्। तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ ।

    MiDas eCLASS मा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने
    विश्वासका साथ सोही अभियान सुरु गरिएको आइएमई र मिदासले जनाएको छ ।