शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश, उपेन्द्र यादवले गरे भव्य स्वागत

एक्सप्रेस पाना
चैत्र ९, २०७८ बुधबार
  • 405
    SHARES
  • एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश, उपेन्द्र यादवले गरे भव्य स्वागत

    चैत ९ सप्तरी । तत्कालीन संविधान सभा सदस्य एवं ऐमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन् ।

    images

    ठाकुरलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।

    उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायातमन्त्रीसमेत रहेकी जसपा नेतृ रेणु कुमारी यादवलगायतको उपस्थिति थियो ।

    images