आइतबार, कार्तिक १६ गते २०८३
images
images

ग्रीन भेन्चर लिमिटेडको आईपीओ दुई दिनमै साढे चार गुणा अधिकको आवेदन, के तपाईले पनि दिनुभयो ?

एक्सप्रेस पाना
चैत्र १०, २०७८ बिहीबार
  • 445
    SHARES
  • ग्रीन भेन्चर लिमिटेडको आईपीओ दुई दिनमै साढे चार गुणा अधिकको आवेदन, के तपाईले पनि दिनुभयो ?

    चैत १० काठमाडौं । ग्रीन भेन्चर लिमिटेडको आईपीओको दोस्रो दिनमा साढे चार गुणा बढीको आवेदन परेको छ । कम्पनीको ८ चैत्रदेखि  ३१ लाख २५ हजार कित्ता साधारण सेयर आईपीओ खुलेकोमा दुई दिनमा ४.६३ प्रतिशत आवेदन परेको हो ।

    images

    सीडीएससीका अनुसार दुई दिनमा एक अर्ब ३३ करोड नाै लाख रुपैयाँ बराबरको एक करोड ३३ लाख नाै हजार  ३९० कित्ता सेयर आवेदन परेको छ ।

    ११ चैतसम्म आवेदन दिन सकिनेछ । ११ चैतलाई अन्तिम दिन तोकिएको आईपीओ आवेदन दिने समय अब दुई दिन बाँकी छ । कम्पनीले आईपीओमध्ये तीन प्रतिशतले हुने ९३ हजार ७५० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशतले हुने एक लाख ५६ हजार २५० कित्ता सेयर मिच्युल फण्डलाई बाँडफाँड गरिनेछ ।

    images