शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले गरे तनहुँ जलविद्युत आयोजनाको निरीक्षण

एक्सप्रेस पाना
चैत्र १०, २०७८ बिहीबार
  • 200
    SHARES
  • प्रधानमन्त्री देउवाले गरे तनहुँ जलविद्युत आयोजनाको निरीक्षण

    चैत १० तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । 

    images

    प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री देउवासँगै  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोजनाको निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार आठौँ तनहुँ महोत्सव र ऋषिङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दैछन् ।