शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

प्रधानमन्त्रीले बिमस्टेक शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने

एक्सप्रेस पाना
चैत्र १२, २०७८ शनिबार
  • 236
    SHARES
  • प्रधानमन्त्रीले बिमस्टेक शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने

    चैत १२ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने भएका छन् ।

    images

    श्रीलंकामा आयोजना हुने सम्मेलनलाई उनले काठमाडौंबाट भर्चुअलरुपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवा केही दिन अघिसम्म श्रीलंका जाने तयारीमा थिए । अचानक उनको भारत भ्रमण तय भएपछि श्रीलंकामा हुने बिमस्टेक सम्मेलनलाई भर्चुअल रुपमा सम्बोधन गर्ने भएका हुन् । 

    बिमस्टेक शिखर सम्मेलनमा प्रत्यक्ष तथा भर्चुअली सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, मुख्यसचिव शंकर दास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत छन् । 

    images