चैत १२ काठमाण्डौं । नेकपा (एकिकृत समाजबादी) निकट युवा सघं नेपाल अन्तर्गत बिषेश प्रदेश कमिटिको बृहतभेला सम्पन्न भएको छ । उक्त भेलामा बिषेश जिल्ला कमिटिहरु सांस्कृतिक तथा कला साहित्य बिषेश जिल्ला कमिटी, राष्ट्रिय कलाकार जमुना सनमको नेत्रित्वमा ३१ सदस्य, खेलकुद विषेश जिल्ला कमिटि राष्ट्रिय खेलाडी लक्कि राई को नेत्रित्वमा ४५ सदस्य र ईन्जिनियरिङ बिषेश जिल्ला कमिटी सिभिल ई. बिभुषण जँग पौडेलको नेत्रित्वमा २९ सदस्य कमिटीहरु गठन भएका छन्।
कार्यक्रमको अध्यक्षता युवा संघका केन्द्रिय कमिटी सचिब तथा विषेश प्रदेश कमिटीका अध्यक्ष सुशिल भट्टराईले गरेका साथै कार्यक्रमको संचालन कमिटीका सचिब बिपिन वनिमले गरेका थिए। भेलालाई प्रमुख अतिथि नेकपा (एकिकृत समाजबादी) का केन्द्रिय कमिटी महा-सचिब डा. बेदुराम भुषाल , विषश अतिथि पार्टी उप-महासचिब मोर्चा फाँट प्रमुख डा बिजय पौडेल , युवा संघका केन्द्रिय अध्यक्ष तथा पार्टि केन्द्रिय सदस्य नरेश शाही र संघका उपमहासचिव संजिप राईले सम्बोधन गरेका साथै भेलामा बिषेश सांस्कृतिक कार्यक्रम समेत भएको बिषेश प्रदेश कमिटीका सचिब बिपिन वनेम ले जानकारि दिए।
भेलालाई सम्बोधन गर्दै नेकपा (एकिकृत समाजबादी) का महासचिव डा बेदुराम भुसालले मुलुकलाई समृद्द साली बनाउन आगामी स्थानिय तहको निर्वाचनमा नेकपा (एकिकृत समाजबादी) लाई पहिलो पार्टी बनाउन युवाहरुले बिषेश भुमिका खेल्नु पर्ने बताए साथै समाजबादि यात्राका लागी पार्टिका सबै जनसंगठनहरुले पार्टिको बिचार र बिधानलाई बोक्नु पर्ने र पेशागत कमिटीहरु निर्माण गर्नु सृजनशीलता भएको बताए। सम्बोधनको क्रममा पार्टी उप-महासचिव तथा मोर्चा फाँट प्रमुख डा बिजय पौडेलले आजका युवाहरुमा नेत्रित्व लिन मरिहत्ते गर्ने तर जिम्बेवारीबोध नगर्ने परीपार्टिको अन्त्य गर्नु पर्ने बताए।
कार्यक्रममा संघका सचिबहरू अनिल बोगटी, नरेश गिरि, कोषाअध्यक्ष दिपक दुवाडी स्थायि कमिटी सदस्य सन्तोष राई, बिकाश रेग्मि, झङर बिष्ट,सुदिप राई लगायतको बिषेश सहभागिता रहेको थियो ।
.jpg)


