शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

प्रदेश १ को संसद् बैठक १ बजे बस्ने, नामकरण छिटो टुङ्ग्याउनुपर्ने दबाब

एक्सप्रेस पाना
चैत्र १३, २०७८ आइतबार
  • 423
    SHARES
  • प्रदेश १ को संसद् बैठक १ बजे बस्ने, नामकरण छिटो टुङ्ग्याउनुपर्ने दबाब

    चैत १३ काठमाडौं । प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । 

    images

    विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । 

    बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ । 

    images

    पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रदेशमा बलियो छ । प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी आएका छन् । 

    प्रदेश संसद्मा रहेकामध्ये अधिकांश सांसद किरातसँग सगरमाथा र कोसी जोड्नुपर्ने पक्षमा छन् ।