आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

एक्सप्रेस पाना
चैत्र १३, २०७८ आइतबार
  • 446
    SHARES
  • सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

    चैत १३ काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । 

    images

    गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ ।