आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्सेमा ४१ अंकको गिरावट

एक्सप्रेस पाना
चैत्र १३, २०७८ आइतबार
  • 423
    SHARES
  • नेप्सेमा ४१ अंकको गिरावट

    चैत १३ काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार नेप्से परिसूचक ४१ दशमलव ४१ अंकले घटेको छ । परिसूचक घटेसँगै नेप्से २५ सय ७२ दशमलव २८ अंकमा रोकिएको छ।

    images

    नेप्सेमा कारोबार रकममा गत बिहीबारभन्दा  उल्लेख्य रूपमा बढेको छ। आइतबार ८९ लाख २३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा  चार अर्ब ९८ करोड  रुपैयाँको कारोबार भएको छ ।

    अघिल्लो साताको अन्तिम दिन बिहीबार नेप्सेमा ५२ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँको कारोबार भएको थियो ।

    images

    बजारमा आइतबार १६६ कम्पनीका सेयरधनीले गुमाएका छन् भने २५ कम्पनीका सेयर धनीले मात्र नाफा कमाएका छन् । बजारमा धेरैजसो लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले नाफा कमाएका छन्।