बिहीबार , कार्तिक २० गते २०८३
images
images

नवप्रवेशी अधिकृतहरूलाई कानुनमन्त्री बडुकाे निर्देशन : न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका खटिनूस्

एक्सप्रेस पाना
चैत्र १४, २०७८ सोमबार
  • 541
    SHARES
  • नवप्रवेशी अधिकृतहरूलाई कानुनमन्त्री बडुकाे निर्देशन : न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका खटिनूस्

    चैत १४ काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्वाेच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमानसरकारको दायित्व पूरा हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

    images

    नेपाल न्याय सेवाअन्तर्गतनवप्रवेशी अधिकृतका लागि आयोजित सेवा प्रवेश तालिमको आइतबार काठमाडौंमा समापन गर्नुहुँदै मन्त्री बडूले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारीसहित बनेको वर्तमान सरकार कानुनको शासनमार्फत सुशासन कायम गर्न क्रियाशील रहेकोले यस कार्यमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

    उनले संविधानअनुसार तीनै तहको निर्वाचन गर्ने दायित्व पनि यही सरकारको काँधमा रहेकोले सरकारको न्युनतम साझा कार्यक्रम कार्यान्वयनका लागि उच्च मनोबलका साथ कर्तब्यनिष्ठ भएर कार्यक्षेत्रमा खटिन कर्मचारीहरुलाई आग्रह गरे ।

    images

    मन्त्री बडूले कानुन निर्माण, स्वतन्त्रतापूर्वक न्याय सम्पादन र कानुनको परिपालनाका लागि खबरदारी गर्ने दायित्व बोकेको न्याय सेवाका कर्मचारीहरुले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

    ‘लोकतन्त्रमा जनता नै मालिक हुने भएकाले पारदर्शिता र जवाफदेहितासहित जनसेवामा लाग्नुहोस्,’ मन्त्री बडूले नवप्रवेशी अधिकृत कर्मचारीलाई भने ‘तपाईँहरु मार्फत जनताले जिम्मेवार सरकारको अनुभूति गर्ने भएकोले कहीँकतैबाट विचलित नभएर जनसन्तुष्टिका लागि काम गर्नुहोस् ।’

    ‘आवधिक निर्वाचनबाट आउने सरकार बदलिरहन्छन् तर तपाईहरु (कर्मचारी) स्थायी सरकारका प्रतिनिधि हो, त्यसैले लोकतन्त्र, कानुनी राज्य र सुशासन सुनिश्चितताका लागि कुशल कार्यसम्पादन र असल व्यवहारमार्फत जनताको विश्वास आर्जन गर्न सक्नुपर्दछ’ मन्त्री बडूको भनाई थियो ।