शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

मध्यपहाडी लोकमार्ग (गोरखा खण्ड) निर्धारित समयमै कार्य सम्पादन गर्न पुर्व प्रधानमन्त्री डा.भट्टराईको निर्देशन

एक्सप्रेस पाना
चैत्र १६, २०७८ बुधबार
  • 467
    SHARES
  • मध्यपहाडी लोकमार्ग (गोरखा खण्ड) निर्धारित समयमै कार्य सम्पादन गर्न पुर्व प्रधानमन्त्री डा.भट्टराईको निर्देशन

    चैत १६ गोरखा । पुर्वप्रधानमन्त्री एबम् जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा सडक खण्डको अवलोकन गर्नु भएको छ । 

    images

    अवलोकन गर्ने क्रममा पुर्व प्रधानमन्त्री डा.भट्टराईले आरुघाट देखि पालुङटारसम्म भएको कार्यक्रममा निर्माण व्यावसायीलाई निर्धारित समयमै कार्य सम्पादन गर्न निर्देशन दिदै समग्र गोरखाको बिकासको लागि मध्यपहाडी लगायत सडक योजनाहरुले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । 

    यस्तै बिभागका महानिर्देशक सापकोटाले समयमा काम नसक्ने निर्माण व्यावसायिको ठेक्का तोड्ने चेतावनी दिनुभयो । उक्त अवलोकनमा सडक बिभागका महानिर्देशक इ.शिवहरी सापकोटा तथा मध्यपहाडी गोरखा कार्यलयका प्रमुख इ.सुनिल रन्जितकार, ११ किलो-छेपेटार-भालुस्वारा-बारपाक सडक योजना प्रमुख इ.पशुपति ज्ञवाली तथा प्रसिद्ध एयरपोर्ट इन्जिनियर एबम् समाजसेवी दाजु अशोक कुमार श्रेष्ठ, सडकका इन्जिनियरहरु लगायतको सहभागिता रहेको थियो । बैठकमा गोरखाका सिडिओ तथा प्रहरी प्रमुख एसपीसहितको टोलीको पनि सहभागिता रहेको थियो ।

    images